नक्कली नोट बनाउने दुई भारतीयसहित तीन जना पक्राउ
कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नेपाली एक हजारका नक्कली नोट बनाएर बजारमा सामानहरु खरिद गर्ने दुई भारतीयसहित एक नेपाली युवक पक्राउ परेका छन् ।
आज सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी नक्कली नोट, एक थान ल्यापटप, प्रिन्ट गर्नेे मेसिनसहित कागजात र अभियुक्तहरुलाई सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेमा भारतको बरेलीका अनुज शर्मा र उनकी श्रीमती रितिका बम र भीमदत्तनगरपालिका–१८ बस्ने दिपक नाथ रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताउनुभयो ।
अभियुक्तहलाई मुद्धासम्वन्धी कसुर अन्तरगत मुद्दा चलाएर अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, प्रहरीले बेदकोट नगरपालिका–५ पोलखरीमा ग कात्तिक १९ गते पुष्करसिंह बोहराको घरमा सिआइबीका प्रहरी भन्दै पेस्तोल देखाएर लुटपाट गर्ने गिरोहका फरार अभियुक्त शुक्लाफाँटा नगरपालिका–५ का २६ वर्षीय रबिन्द्र साउदलाई पक्राउ गरेको छ ।
फरार रहेका साउँदलाई प्रहरी टोलीले यहाँको बेलौरी नगरपालिका–८ पचुईबाट पक्राउ गरेको हो । उक्त घटनाका तीन जना अभियुक्त यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो ।








प्रतिक्रिया राख्नुहोस्