तपाईँ सुन्दै हुनुहुन्छः

थप १४७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, १९३१ जना निको र २९ को मृत्यु

काठमाडौँ  । देशभर आज थप एक हजार चार सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप एक हजार चार सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो  । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ३३ हजार चार सय ५२ पुगेको छ ।
त्यस्तै  देशभरका संस्थागत तथा होम आइसोलेसनबाट आज एक हजार नौ सय ३१ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई लाख १४ हजार पाँच सय २१ जना रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप २९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार पाँच सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button