तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउनसुगरको कारोबार गर्ने दुई भारतीयसहित आठ जना झापामा पक्राउ

भद्रपुर, झापा । झापा प्रहरीले लागुऔषध ब्राउनसुगरको कारोकारमा संलग्न आठ जनालाई १२ घण्टाभित्र पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार साँझ ६ जना र आइतबार विहान दुई जना पक्राउ पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ६ जना झापाकै रहेका छन् भने दुई जना भारतीय नागरिक हुन् ।

लागु औषधसहित पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–४ बस्ने १९ बर्षीय पुष्कर थापा, सोही ठाउँका २१ बर्षीय राजन माझी, भद्रपुर–५ बस्ने २६ बर्षीय मदन विक, हल्दिवारी गाउँपालिका–१ बस्ने लोकेन्द्र गुरागार्इं रहेका छन् । उनीहरुलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।

भद्रपुर–४ स्थित डाँगीवारीमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गर्दा पक्राउ गरेका उनीहरुको साथबाट ७ ग्राम ब्राउनसुगरसमेत बरामद गरेको डीएसपी राकेश थापाले जानकारी दिनुभयो ।

त्यस्तैगरी शिवसताक्षीमा २३ ग्राम ब्राउन सुगरसहित दुई जना शनिबार नै पक्राउ परेका थिए । शिवसताक्षी नगरपालिका–६स्थित हवल्दार चौकमा मे५प ५०३२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका शिवसताक्षी–४ बस्ने २६ बर्षीय श्याम मर्डी र ३५ बर्षीय गंगाराम कायस्थलाई रोकी चेकजाँच गर्दा हरुको साथबाट २३ ग्राम ब्राउनसुगर, मोबाईल थान २ र नगद एक लाख ८४ हजार रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुकै बयानका आधारमा प्रहरीले आइतबार विहान भारतको बिहार राज्य किशनगञ्ज जिल्ला गलगलिया ४ बस्ने १९ बर्षीय महमद जबर र सोही स्थानका ५९ बर्षीय ऐजुब महमद अलीलाई भद्रपुर नाकाबाट पक्राउ गरेको थियो । उनीहरुको साथबाट पाँच ग्राम ब्राउनसुगर बरामद भएको बताइएको छ ।

उनीहरु सबै लागुऔषधका कारोबारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button