तपाईँ सुन्दै हुनुहुन्छः

नगरप्रमुख देवकोटालाई कोरोना सङ्क्रमण पुष्टि

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिकाका प्रमुखलाई कोरोना सङ्क्रमण भएको छ ।
जिल्लाको कमल बजार प्राथमिक स्वास्थ्य केन्द्रको पिसिआर परिक्षण प्रयोगशालामा भएको परीक्षणमा वडा नम्बर २ निवासी ६६ वर्षका नगरप्रमुख देवराज देवकोटालाई सङ्क्रमण पुष्टि भएको हो ।
नगरप्रमुख देवकोटालाई कोरोना भाईरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो ।
उहाँलाई सोमबार भएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । आफ्नो स्वास्थ्य अवस्था हाल सामान्य रहेको र सेल्फ आइसोलेसनमा बस्ने नगरप्रमुख देवकोटाले बताउनुभयो ।
पछिल्लो समय जिल्लामा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । हाल जिल्लामा सङ्क्रमितको सङ्ख्या ११ सय ८२ जना पुगेको छ । जसमध्ये ११ सय ४८ जना निको भई घर फर्किसकेका छन् भने ४ जनाको कोरानाका कारण ज्यान गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button