तनहुँमा आज एकैसाथ छ अस्पतालको शिलान्यास गरिँदै

तनहुँ । तनहुँमा आज एकैसाथ छ वटा अस्पतालको शिलान्यास गरिने भएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै तनहुँ जिल्लामा पनि छ अस्पताल उद्घाटन हुन लागेका हुन् ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकाको राईपुर स्वास्थ्य चौकी, भानु नगरपालिकाको पुरण्डिही प्राथमिक स्वास्थ्य केन्द्र र भिमाद नगरपालिकाको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा १५र१५ शय्याको अस्पताल स्थापना हुने भएको छ ।
त्यस्तै जिल्लाको रिसिङ, देवघाट र म्याग्दे गाउँपालिकामा १०र१० शय्याका अस्पतालको शिलान्यासको तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख शंकरबाबु अधिकारीले बताउनुभयो ।
सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले आज एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्दैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तह पाँचदेखि १५ श्ययाको अस्पताल बनाउनका लागि थालेको हो ।
ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्दै छ । दुई वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको योजना छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुनेछन् ।
तीन सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि यो बर्ष ६ अर्ब १२ करोड २६ लाख निकासा गरिएको छ । अस्पताल निर्माण र उपकरण जडान गर्न करिब ५८ अर्ब खर्च हुने अनुमान छ । अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरिसकेको छ ।
१० शय्याको अस्पतालमा दुईजना मेडिकल अफिसरसहित १७ जना र १५ शय्याको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटिनेछन् । आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा ती अस्पतालले दिनेछन् ।








प्रतिक्रिया राख्नुहोस्