तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा ३४ सुकुम्बासी परिवारको लागि भवन निर्माण

सप्तरी ।सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. २ स्थित कनकपट्टीमा ३४ सुकुम्वासी परिवारका लागि सुरक्षित भवन निर्माण कार्य भइरहेको छ ।

दुई कोठे घरमा भान्सासहित तथा छुट्टै शौचालयको व्यवस्था समेत गर्न लागेको र जमिनमा ढुंगा तथा सिमेन्टबाट घरको सतह उच्च बनाई बाढीको जोखिमबाट सुरक्षा दिनेगरि निर्माण कार्य भइरहेको महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले जानकारी दिनुभयो ।

घरको चारैतिरको भित्तामा बाँसको भाटा कलात्मक ढंगबाट जडान गरि टिनको छाना भएको कोठाहरु निर्माणमा संस्थालाई मुख्य सहयोगि एवं साझेदारी संस्थाको रुपमा रहेको ह्याविटेट फर हयुमिनिटी तथा शम्भुनाथ नगरपालिकाले आर्थिक सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

प्रति घर अनुमानित करिब ३ लाख २५ हजार सम्म लागत पर्ने विपद् तथा जोखिमबाट जोगिने र सुरक्षित हुने उक्त कार्यक्रमको सहयोगि एवं साझेदार संस्था ह्याविटेट फर हयुमिनिटी नेपालका इन्जिनियर राजिव बर्माले आइतबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा दाबी गरेका हुन ।

विगत १२ वर्षदेखी आवासको क्षेत्रमा काम गर्दै आएका केन्द्रले हालसम्म अतिविपन्न तथा दैवी प्रकोपमा परेका पीडित परिवारका लागि सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, राजविराज नगरपालिका, रुपनी गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकामा गरि कुल ४ हजार ३ सय ३५ घर निर्माण गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button