तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा ढुङ्गाले हानेर एक वृद्धको हत्या

सल्यान। सल्यानमा एक युवकले ढुङ्गाले हानेर वृद्धको हत्या गरेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका –५ राउचेका शेर बहादुर शाहुले शोही ठाउँका ६६ वर्षीय दुर्गा बहादुर बादीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गएराती करिब सात बजेतिर नाथेखोलाबाट घर फर्किने क्रममा भारचौर खोलामा बादीलाई पछाडीबाट ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए । घटना करिब ७ बजेतिर भएपनि स्थानीयले प्रहरीलाई साढे ८ बजेमात्र खबर गरेको उनको भनाई छ ।

हत्या गर्ने युवकको मानसिक सन्तुलन ठिक नभएको पाइएको प्रहरीले जनाएको छ । हत्या गरी फरार रहेका युवकको खोजतलास भइरहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख थापाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button