पार्टी फुट्दा देश कमजोर बन्छः मुख्यमन्त्री गुरुङ

स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले नेकपा फुट्ने कुनै संभावना नरहेको भन्दै पार्टी फुट्दा देश कमजोर बन्ने बताउनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ७ मा बिश्व शान्ति स्तुपाको शिलन्यासका गर्नुहुँदै उहाँले भन्नुभयो, ‘समृद्धिको लागी एकता भएको हो । जनता समृद्धी चाहान्छन् । पार्टी एकता र सुदृढिकरणमा जोड दिनुपर्छ ।’ देश अव पछाडि नर्फकने भन्दै मुख्यमन्त्री गुरुङले मुलुक अव विकासको बाघडोरमा हिँडेको बताउनुभयो । संघियताले नै सिंहदबारको अधिकार गाउँगाउँमा पु¥याएको भन्दै ग्रामिण भेगका दुरदराजमा समेत विकासे अनुभुत भइसकेको उहाँको दावी छ ।
कार्यक्रममा संघिय संसद नारायण प्रसाद मरासिनी, प्रदेश सांसद मिन प्रसाद गुरुङ, दिपक चर्ति मगर, जिल्ला समन्वय समिति प्रमुख सिता सुन्दास, पुतली बजार नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्री, नेकपा जिल्ला सचिवालय सदस्य मन बहादुर थापा लगायतले विकास र समृद्धिको मार्गमा हिंडनुपर्ने बताउनुभयो ।
स्तुपाका लागी गत साउन २३ गते काम गर्ने सम्झौता गरेको नयाँ बाटो दर्शन÷राङखोला जेभीले दुई बर्षमा निर्माण सक्ने छ । ३ करोड ६८ लाख ८७ लाख ५२४ रुपियाँ १७ पैसाको लागतमा निर्माण हुने स्तुपामा ५० प्रतिशत संघ, ३० प्रतिशत नगरपालिका र २० स्थानियको लगानी रहेको छ । १० मिटर डायमिटर रहने स्तुपा ११५ फीटको रहने छ भने रीसोर्ट, ध्यान केन्द्र सहित ५० रोपनी क्षेत्रफलमा स्तुपा बन्ने छ ।








प्रतिक्रिया राख्नुहोस्