धान काट्ने मेसिन भित्रिदा किसानहरु खुसी
सप्तरी । कृषि क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्रिएसँगै किसानहरु खुसी हुनुको साथै कृषिमा मानिसहरुको चासो पनि बढ्दै गएको छ ।
परम्परागत खेती प्रणाली मार्फत खेतीपाती गर्दै आएका सप्तरीको छिन्नमस्ता गाँउपालिकाका किसानहरुले विगत ३ वर्षदेखि धान कटाउदै आएका थिए तर यस वर्ष जिल्लाको १८ वटै स्थानीय तहका किसानहरुले उक्त मेसिनबाट धान कटाउन पाउँदा खुसी भएको २ वटा मेसिनका मालिक समेत रहेका पर्सा जिल्ला घर भएका मोहमद मुजादिनले बताए ।
एक बिगाहाको धान काटन करिब ४५ देखि ६५ मिनेटसम्म लाग्ने गरेको र एक मिनेटको एक सय रुपैयाँ लिने गरेको मुजादिनले बताए ।
त्यसैगरी, धान एक ठाँउमा र पराल एक ठाउँमा फाल्ने भएकोले धान काट्ने त्यसपछि आधी छोप्ने, दाउनी गर्ने र पराल उठाउने झण्झटबाट यस्ता मेसिन आउदा सजिलो भएको र किसानहरुको पनि चासो बढदै गएको छिन्नमस्ता गाँपालिकाका किसान श्यामनरायण मण्डलले बताए ।








प्रतिक्रिया राख्नुहोस्