तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुमा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि

सोलुखुम्बु । सोलुखुम्बुको एकै गाउँमा थप छ जनामा कोरोना सङ्क्रमण पुिष्ट भएको छ ।

खुम्बु पासाङल्हामू गाउँपालिका–१ को खरिखोलाका एक स्वास्थ्यकर्मीसहित छ जनामा सङ्क्रमण पुष्टि भएकोे खरिखोला स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य तिलक मगरले जानकारी दिनुभयो ।

शङ्कास्पद लक्षण देखिएपछि मङ्सिर ११ गते ३१ जनाको स्वाब लिई पिसिआर परीक्षणका लागि काठमाडाँै पठाइएकोमा तीन महिला र तीन पुरुषको रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभयो । सङ्क्रमित सबै स्थानीय रहेका छन् ।

जिल्लाको तल्लो क्षेत्रबाट खुम्बु क्षेत्र प्रवेश गर्ने नाका भएकाले मानिसको आवतजावत बढी हुने हुँदा बाहिरबाट आएका व्यक्तिबाट सरेको हुन सक्ने अनुमान गरिएको छ ।

एकै चोटी गाउँमा ज्वरोलगायतका लक्षण देखिएपछि गरिएको परीक्षणबाट कोरोना पोजेटिभ आउँदा स्थानीय त्रसित बनेका छन् ।

छ जनामा कोेरोना पोजेटिभ देखिएपछि वडामा विशेष सर्तकता अपनाइएको छ । त्यस क्षेत्रमा दुई हप्ताका लागि विद्यालय, स्वास्थ्य चौकी, बैङ्कलगायतका सरकारी तथा गैर सरकारी कार्यालयहरु बन्द गरिएको छ भने भीडभाड, भेला, विवाह भोज, तालिम, गोष्ठी, सेमिनार जस्ता कार्यक्रम गर्न प्रतिबन्द लगाइएको वडा अध्यक्ष ङिमादोर्जी शेर्पाले सूचना जारी गरी जानकारी दिनुभयो ।

त्यस्तै, थुलुङ दूधकोशी गाउँपालिका–४ जुबु ज्यामिरेका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कात्तिक ३० गते कोरोना सङ्क्रमणका कारण एक जना ७५ बर्षीय वृद्धको सम्पर्क रहेका २८ जनाको कन्ट्याक्ट् ट्रेसिङ गर्दा तीन जनाको कोरोना रिपार्ट पोजेटिभ आएको वडाअध्यक्ष नातीकाजी गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button