वर्तमान सरकारको विकल्प छैनः मन्त्री अर्याल
स्याङ्जा । भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले केपी ओली नेतृत्वको वर्तमान सरकारको विकल्प नभएको बताउनुभएको छ ।
मन्त्री अर्यालले आईतबार वालिङ १२ को छाप कौलाशे लिफ्टििङ खानेपानी उपआयोजनाको शिलन्यास गर्नुहुँदै नेकपा पार्टीभित्रको विवादलाई लिएर सरकारको भविष्य माथि के हुन्छ भन्ने प्रश्नहरु उठेपनि वर्तमान सरकारको विकल्प नरहेको र ५ वर्षसम्म निरन्तर रहने बताउनुभयो ।
कम्युनिष्ठ पार्टी एक गतिशिल पार्टी भएकाले छलफल र विवाद स्वाभाविक भएको भन्दै उहाँले भन्नुभयो, ‘पार्टी भित्र बहस घनिभुत रुपमा चल्छ तर पार्टी फुट्ने कुरा हुँदैन् । दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । सदस्यहरुको तहमा प्रतिवेदन पुगेको छ । बहस र छलफल चल्दैमा पार्टी फुट्ने कुनै संभावना छैन् ।’
नेपाल सरकारले सन २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यका साथ जनताको आधारभुत आवश्यकता पुरा गर्न अगाडि बढेको मन्त्री अर्यालले बताउनुभयो ।
४३ करोडको खानेपानी योजना अन्तरगत वालिङ नगरपालिकाका विभिन्न वडाहरुमा गरी ९ खानेपानी उपयोजनाहरु सञ्चालन हुनेछन् । त्यही योजना अन्तरगत मन्त्री अर्यालले आईतबार छाप कौलाशे लिफ्टिङ उपयोजना, सिर्सेकोट लिफटिङ उपयोजना, डुडखोला खानेपानी उपयोजना र अधेरीखोला लंकाकोट अर्लुङ भोर्ले उपखानेपानी योजनाको शिलन्यास गर्नुभएको छ ।
यी ४ योजना बाहेक वालिङ १ मा त्रियासीमा खानेपानी उपयोजना निर्माण शुरु भएको छ भने पेखु, पाठखोला, मिर्दि, रामबाच्छा खानेपानी उपयोजना शिलन्यास हुन बाँकी छन् ।








प्रतिक्रिया राख्नुहोस्