समयमै काम पुरा नगर्ने आयोजनाहरुलाई कारवाही गरिनेः प्रजिअ महतो

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समयमै काम पुरा नगर्ने आयोजनाहरुलाई कारबाही प्रक्रिया थालेको छ ।
आयोजना सम्पन्न गर्नुपर्ने मिति नाघेको वर्षौ बितिसक्दा समेत काम पुरा नभएका आयोजनाहरुलाई स्पष्टीकरण मागेको हो । प्रशासन कार्यालयले स्थानीय तह बाहेक अन्य कार्यालयबाट संचालित १५ वटा आयोजनासँग स्पष्टीकरण मागेको छ ।
अधिकांश आयोजनाहरुले कोभिड–१९ तथा अन्य प्राविधिक कारणले आयोजना सम्पन्न गर्न ढिलाई भएको जवाफ दिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताउनुभयो । उहाँले जवाफ चित्त बुझ्दो नभएपछि प्राविधिक कारण खुलाउन आयोजनाहरुलाई पुनः पत्राचार गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्