चार थान भरुवा बन्दुकसहित दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी छेला क्षेत्रबाट नेपाली सेनाको टोलीले चार थान भरुवा बन्दुकसहित स्थानीय दुई जना बन्यजन्तु तस्करीमा संलग्नलाई पक्राउ गरेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गण, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वन डिभिजन कार्यालय कञ्चनपुरको संयुक्त टोलीले बेदकोट नगरपालिका–४ बगुनका ४९ बर्षीय तिलबहादुर बुच र स्थानीय ५० बर्षीय रामबहादुर बराललाई ४ थान भरुवा वन्दुक सहित पक्राउ गरेको छ ।
बन्यजन्तुको संरक्षण र चोरीशिकारी न्युनीकरणका लागि निकुञ्जमा राखिएका स्पाइ क्यामेरामा दुवै जना तस्कर केही समयअघि कैद भएको र सोही क्यामेरा फुटेजका आधारमा सेनाले विशेष अप्रेसनमार्फत अभियुक्त र हतियारसहित पक्राउ गरेको देवीदल गण मझगाउँ ब्यारेकका गणपति प्रमुख सेनानी सुनिल मल्लले जानकारी दिनुभयो ।
त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनले अभियुक्तहरुमाथि सुक्ष्म अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले अभियुक्तहरुलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन–२०२९ र हातहतियार तथा खरखजना ऐन अनुसार कारबाही गरिने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्