कञ्चनपुरमा थप छ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज
कञ्चनपुर । कञ्चनपुरमा आज थप छ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएको जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरको जनाएको छ ।
कञ्चनपुरमा आजसम्म कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको कुल संख्या एक हजार एक सय ६९ पुगेको स्वास्थ्य कार्यालयले जनाएकोे छ ।
कञ्चनपुरमा आजसम्म एक हजार दुई सय १८ जना कोरोना सङ्क्रमित भएका छन भने ४७ जना विभिन्न आइसोलेसन सेन्टरमा रहेका छन ।
कोरोनाका कारण कञ्चनपुरमा हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्