महोत्तरीमा कोरोना सङ्क्रमणका कारण एक जना सुत्केरी महिलाको मृत्यु

जनकपुरधाम । महोत्तरीमा कोरोना सङ्क्रमणका कारण एक जना सुत्केरी महिलाको मृत्यु भएको छ ।
बर्दिबास नगरपालिका वडा नं २ घर भएकी वर्ष २२ की सत्केरी महिलाको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना वार्डमा मृत्यु भएको प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
महिला सुत्केरी भएपछि उच्च रक्तचाप र पिसाबमा उच्च प्रोटिन देखेपछि उनलाई जनकपुरधामस्थित जनकपुर सिटी अस्पतालले विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो ।
गत मंसिर २ गते उनलाई कोरोना सङ्क्रमणको पुष्टि भएपछि प्रतिष्ठानको कोभिड वार्डमा भर्ना गरेर उपचार थालिएको थियो । ती सत्केरी महिलाको आज बिहान करिव ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतकको शवको व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।
पछिल्लो पटक मृत्यु भएका महिलासँंगै प्रदेश नंं २ मा कोरोनाका कारणले मृत्यु हुनेको संख्या एक सय ९२ पुगेको छ । जसमा धनुषामा २०, महोत्तरीमा १८, सिरहामा २३, सप्तरीमा ३७, सर्लाहीमा १३, रौतहटमा १०, वारामा १९, पर्सामा ५१ तथा एक जना भारतीयको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्