तपाईँ सुन्दै हुनुहुन्छः

झापाको अर्जुनधारामा सवारी दुर्घटना : एकको मृत्यु

file photo

झापा । झापाको अर्जुनधारा नगरपालिका–५ कञ्चनबारीस्थित मुसी चोकमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दिपक बुढाथोकी रहेको प्रहरीले जनाएको छ । झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मोटरसाइकल र जेसीवीबीच सवारी दुर्घटना भएको थियो ।
दुर्घटनामा ३५ वर्षीय मोटरसाइकल चालक बुढाथोकीको ज्यान गएको हो ।

हिजो (शनिबार) साँझ ६ः३० बजे दुर्घटना भएको ट्राफिक प्रहरी नायव निरीक्षक नारायण आचार्यले जानकारी दिनुभयो । प्र. ०१–०१–०र१२प ७१५४ नम्बरको मोटरसाइकल र को १ क १८५७ नम्बरको जेसीवीबीच दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जेसीवी चालक अर्जुनधारा ९ का सुदीप खनाल प्रहरीको सम्पर्कमा आएको र दुर्घटित सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको अस्थायी शनिश्चरे ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button