तपाईँ सुन्दै हुनुहुन्छः

विपदमा ज्यान गुमाउनेलाई २५ हजार सहयोग गर्ने नरैनापुरको निर्णय

बाँके । बाँकेको अति पिछडिएको र दुर्गम गाउँकार्यपालिकाको रुपमा रहेको नरैनापुर गाउँपालिकाको विपद व्यवस्थापन शाखाले पुर्व तयारीका लागि विभिन्न निर्णय गरेको छ ।

विगतको अनुभवबाट सिक्दै विपद व्यवस्थापन शाखाले बिपदका बेला सक्षम रुपले सामना गर्न र क्षति न्युनीकरणका लागि तयारी थालेको हो ।

गाँउपालिका अध्यक्ष ईश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको बैठकले जुनसुकै विपद वा महामारीमा अकालमै ज्यान गुमाउने मृतकका परिवारलाई २५ हजार सहयोग गर्ने निर्णय समेत गरेको छ ।

यस्तै गरी कोरोना कहरका बेला नागरिकहरुलाई सुरक्षित राख्नका लागि स्थानीय विपद व्यवस्थापन समितिले पुर्व तयारी प्रतिकार्य योजना निर्माण गरेर अगाडि बढने विपद व्यवस्थापन शाखा सँयोजक लक्ष्मीकान्त मिश्राले बताउनुभयो ।

समितिको पहिलो बैठकले पुर्व तयारी प्रतिकार्य योजना पुस्तिका निर्माण गर्ने, सामुदायिक वन उपभोक्ता समुहहरुको बीच छलफल तथा अन्तरक्रिया गरी पहाडे खोला, नाला नजिक वृक्षरोपण तथा डढेको नियन्त्रणका लागि अग्नी रेखा निर्माण गराउने, शितलहरमा गाउँ भित्र तथा चोक चोकमा दाउरा व्यवस्थापन गर्ने समेत निर्णय गरेको जनाएको छ ।

यस्तैगरी, शितलहरमा जेष्ठ नागरिक, एकल महिला, असहाय, अपांगहरुलाई न्यानो कम्बल वितरण गर्न योजना बनाउने, कोभिड १९ मा खटिएका कर्मचारीलाई सम्मान गर्ने, वडा स्तरिय विपद व्यवस्थापन समिति गठन, विपद प्रतिकार पुर्व तयारीका सामाग्रि खरिद, विपद प्रतिकारका लागि सचेतना कार्यक्रम सञ्चालन, विद्यालयहरुमा विपद सम्बन्धि सचेतना तथा विपदको शाखातर्फबाट स्वास्थ्य सामाग्रि खरिद गर्ने लगायत निर्णय गरिएको शाखाका संयोजक मिश्राले बताउनुभयो ।

आकस्मिक रुपमा आई पर्ने बिपदसँग सामना गर्न गाउँपालिकाले १ करोड बजेट समेत छुटटयाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button