तपाईँ सुन्दै हुनुहुन्छः

मंगलसेनमा च्याउको विउ उत्पादन गर्ने प्रयोगशाला स्थापना

अछाम । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ५ सुन्तलाबारीमा च्याउको विउ उत्पादन गर्ने प्रयोगशालाको स्थापना गरिएको छ ।

लामो समयदेखि सुन्तलाबारीमा च्याउ व्यवसाय गर्दै आउनु भएका गुमान सिंह बटालाले च्याउको विउ नै उत्पादन गर्ने प्रयोगशाला स्थापना गरेपछी प्रयोगशालाको प्रतिनिधि सभा सदस्य यज्ञ बहादुर बोगटीले उदघाट्न गर्नु भएको हो ।

प्रयोगशालाको उद्धघान गर्दै सासंद बोगटीले च्याउ व्यवसायतिर लागेका हरेक अगुवा कृषकलाई सरकारले सम्मानसहित अनुदानका कार्यक्रम अघि बढाएको बताउनु भयो । आगामि दिनमा समेत स्थानिय, प्रदेश र केन्द्र सरकारबाट सहयोगका लागि पहल गरिने बताउनु भयो ।

उदघाट्न कार्यक्रममा प्रदेश सभा सदस्य बल बहादुर सोडारी, मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहराले व्यवसायीक रुपमा उद्यमशीलतातिर अघि बढेका उद्यमीलाई आफ्नो तर्फबाट सहयोग गर्ने बताउनु भयो ।

हिमालय च्याउ विउ प्रयोगशालाको स्थापना गरेपछी अब अछामका सबै च्याउ खेती गर्ने कृषकलाई विउ उपलब्ध गराउने संञ्चालक गुमान सिंह बटालाले बताउनु भयो ।

च्याउ विउ प्रयोगशाला प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मार्फत कृषि ज्ञान केन्द्र अछामको ४ लाख र ४ लाख हिमालय च्याउ प्रयोगशालाको लागत गरि ८ लाख लागतमा स्थापना गरिएको हो ।

च्याउ खेती, कुखुरा तथा टर्की पालन व्यवसाय समेत गरिरहेका बटालाले पशुपालन तथा च्याउ सहित कृषि पेशा गर्नेलाई आफु आवश्यक परामर्श दिन समेत तयार रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button