तपाईँ सुन्दै हुनुहुन्छः

दशरथचन्द नगरपालिका १० दिनका लागि लकडाउन

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाभित्र आजदेखि १० दिनका लागि लकडाउन भएको छ ।

नगरकार्यपालिकाको शुक्रबार बसेको बैठकको निर्णय अनुसार आजदेखि मंसिर २२ गते सम्म नगरपालिका क्षेत्रमा लकडाउन शुरु भएको दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिनुभयो ।

नगरपालिकामा क्षेत्रमा १८ जना सक्रिय संक्रमित रहेका र नगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउन गरिएको उहाँले बताउनुभयो ।

लकडाउनको अवधिमा सबै प्रकारका लामो तथा छोटो दुरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजे सम्म मात्रै खोल्न पाइनेछ । यस्तै अतिआवश्यक बाहेक नगरपालिका र वडा कार्यालयका सबै कामकाज बन्द गर्ने निर्णय भएको छ ।

यसैगरी रुखाखोकी, ज्वरोका बिरामीहरुले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्नुपर्ने, नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निर्णयमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button