तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग वाणिज्य महासंघको साधारण सभाः बन्द शत्र सम्पन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बिहिबारदेखि शुरु भएको ५४ औ वार्षिक साधारण सभा अन्र्तरगत शुक्रबार भर्चुवल माध्यमबाट बन्द शत्र सम्पन्न भएको छ ।

शनिबार महासंघको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नका लागि निर्वाचन हुने कार्यक्रम रहेको छ ।

निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले महासंघको नयाँ कार्यसमितिका लागि शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताउनु भयो ।

महासंघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्रहरु तोकिएको छ । जिल्ला र नगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुने वइवस्था मिलाइएको छ । कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ ।

निर्वाचन विहान ८ बजेदेखि शुरु हुनेछ । कुनै विवाद र समस्या नआए शनिबार राती नै मतपरिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा शनिबारदेखि स्वतहः अध्यक्ष बन्नु हुनेछ भने बाँकी पदहरुमा निर्वाचन हुनेछ । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूह चुनावी मैदानमा उत्रिएका छन् ।

महासंघको नयाँ नेतृत्वका पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन् । कार्यकारिणी सदस्यतर्फ एक नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट संदीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button