झापामा थपिए ८६ जना कोरोना सङ्क्रमित
झापा । झापामा आज ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका वडा नं १, ८, १०, ११, १३ का ९ जना स्थानियमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी, झापाको दमकमा २६, कनकाईमा १३, भद्रपुरमा १०, विर्तामोडमा ९, बुद्धशान्तिमा ३, अर्जुनधारामा २, शिवसताक्षीमा २, झापा गाउँपालिकामा २, बाह्रदशीमा २, गौरादहमा १, हल्दिबारीमा १, गौरिगन्जमा १, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हालसम्म झापामा कुल सङ्क्रमितको संख्या ३७२६ पुग्दा २४३० जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ११९१ रहेकोे छ ।
झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १०५ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्