तपाईँ सुन्दै हुनुहुन्छः

पैसाको प्रलोभन देखाइ बलात्कार गर्ने प्रहरीको फन्दामा

सल्यान । सल्यानमा पैसाको प्रलोभन देखाई २२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको बागचौर नगरपालिका–३ निवासी ५४ वर्षीय कालो वलीलाई प्रहरीले बिहीवार पक्राउ गरेको हो ।

दार्मा गाउँपालिका – ३ मा भाँडा पसल गर्दै आएका आरोपितले पिडित महिलालाई आर्थिक प्रलोभनमा पारी २०७७ असार २७ गते बलात्कार गरेको उजुरीको आधारमा आरोपितलाई पक्राउ गरिएकोे प्रहरीले जनाएको छ ।

पीडितका अनुसार आफूलाई पटक पटक बलात्कार गर्दै आएको र घटनाबारे कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएको पीडितको उजूरीमा उल्लेख गरिएको छ । महिलाको पेटमा गर्भ रहेको सासु आमाले थाहा पाएपछि घटना बाहिर आएको हो ।

आर्थिक अवस्था कमजोर भएकी पीडितका पति रोजगारीको सिलसिलामा भारतमा रहेका छन । पीडितको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आरोपितलाई अदालतबाट १५ दिनको म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्ष्मण वलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button