उर्लाबारी नगरपालिका–९ बाट ७ जुवाडे पक्राउ
सुनसरी । मोरङको उर्लाबारी नगरपालिका–९ बाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय एक घरमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ३ लाख २५ हजार १५५ रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका–९ का ४८ वर्षीय बाबुराम कार्की, २८ वर्षीय डम्बर बहादुर लिम्बु, उर्लाबारी नगरपालिका–८ का २६ वर्षीय बिमल डाँगी, २७ वर्षीय दिवान मगर, ३२ वर्षीय गोबिन्द पुरी, उर्लाबारी नगरपालिका–३ का ४२ वर्षीय बिष्णु राउत र केपिलासगढी गाउँपालिकाद–५ खोटाङका ६७ वर्षीय कुबिरमान तामाङ रहेका छन् ।
पक्राउ परेका सातै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्