तपाईँ सुन्दै हुनुहुन्छः

महेन्द्रनगरमा मृत अवस्थामा फेला परेका युवकको सनाखत

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेका युवकको सनाखत भएको छ ।

मृत अवस्थामा फेला परेका ती युवक कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ४ स्थित सुनार टोल बस्ने २५ वर्षीय कमल दमाई रहेको पुष्टि भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

महेन्द्रनगर बजारमा रहेको भानु पाटी पैलेस नजिकै मृत फेला परेका दमाई गत असोज महिनामा मजदुरीका लागि स्याङ्जा गएको परिवार स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार, घाँटीमा टेलिफोनको तारले बेरिएको अवस्थामा मृत फेला परेका दमाईको हत्या वा आत्महत्या भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली र तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button