तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धार्थ राजमार्ग मङ्सिर १४ देखि १८ गतेसम्म दैनिक ४ घण्टा बन्द हुने

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडक बन्द हुने भएको छ ।

सडक कालोपत्रे गर्नका लागि सडक अबरूद्ध हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

राजमार्गको झुम्सा दोभान सडक खण्ड यही मङ्सिर १४ गतेदेखि मङ्सिर १८ गतेसम्म दैनिक चार घण्टा बन्द हुनेछ ।

सडक कालोपत्रे गर्न सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएकोे छ ।

सडक कार्यालयले अति व्यस्त सडकमा पनि वर्षभरी नै बिभिन्न नाममा पटक पटक सडक बन्द गरेकोमा यात्रुको गुनासो रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button