पशु स्वास्थ्य सम्बन्धी एक दिने शिविर सम्पन्न

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा पशु स्वास्थ्य तथा बाझोपन निवारण सम्बन्धी एक दिने शिविर सम्पन्न भएको छ ।
सो गाउँपालिकाको वडा नं. ६ स्थित कदमाहामा आयोजना भएको शिविरमा पाँच सयभन्दा बढी पशु चौपायाको स्वास्थ्य उपचार गरिएको थियो ।

शिविरमा नाम्ले, जुका, चर्चरे तथा भ्यागुते रोग लागेका पशु चौपायाको निःशुल्क उपचार गर्नुका साथै औषधी तथा भिटामिन समेत उपलब्ध गराइएको पशुपक्षी सेवा शाखाका प्राविधिक सहायक कमलप्रसाद तिम्सिनाले बताउनुभयो । शिविरबाट दुई सयभन्दा बढी किसान लाभान्वित भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्