हराएकी महिला मृत फेला

सप्तरी । सप्तरीको मईटगढीमा एक महिला बिहान मृत अवस्थामा बिहीबार फेला परेकी छन् ।
अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ का मखेली यादवकी ६० वर्षीयापत्नी गीता देवी यादव घर नजिकैको खेतमा मृत भेटिएकी हुन् ।
बुधबार राती १० बजे घरबाट हिडेकी पत्नी बिहीबार बिहान १० बजे मृत अबस्थामा भेटिएको मृतकका परिवारले बताएका छन् । राती घरबाट निस्किएकी गीता देवीको शव बिहान घरदेखि १ किलोमिटर पूर्व खेतमा भेटिएको बताईन्छ ।
घरबाट बाहिर गएको थाहा पाएपछि रातभर खोजतलास गर्दा नभेट्टीएकी उनी विहान मृत आवस्थामा फेला परेको मृतका पती मखेली यादवले बताउनुभयो ।
यादवको शव खेतमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले शव परीक्षणका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज लगिएको वडा अध्यक्ष अरुण कुमार चौधरीले बताउनु भयो ।
यादवको शवलाई पोष्टमार्टम गरि परिवारको जिम्मा लगाउने तयारी भएको तथा घटना बारे अनुसान्धन भईरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्