महेन्द्रनगरमा एक जना युवक मृत फेला
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा एक जना युवक मृत फेला परेका छन् ।
महेन्द्रनगर बजारमा रहेको भानु पाटी प्यालेस नजिकै ती युवक शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार, घाँटीमा टेलिफोनको तारले बेरिएको अवस्थामा फेला परेको उक्त शवको पहिचान हुन सकेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्