तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा आज एकैदिन थप दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत भरतपुर–१७ का ५७ वर्षीय पुरुषको आज विहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उहाँको निमोनियाको समस्या भएपछि मंसिर ३ गते पीसीआर परीक्षण गरिएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि उहाँलाई मंसिर ५ गते अस्पताल भर्ना गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि उहाँलाई कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो । यस्तै सोही अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडा–१० की ५७ वर्षीया कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ ।

हिजो मात्रै कोरोना संक्रमणसहित अस्पताल भर्ना हुनुभएकी ती महिलाको आज विहान ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button