लक्ष्य भन्दा बढी राजस्व संकलन हुनु सुखदः अर्थमन्त्री विष्णु पौडेल

भैरहवा । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले लक्ष्यभन्दा बढी राजस्व संकलन हुनु सुखद भएको बताउनु भएको छ ।
भैरहवा भन्सार कार्यालय अवलोकन गर्दै मन्त्री पौडेलले भन्सार तर्फ ९८ अरब ४६ करोड बार्षिकरुपमा राजस्व संकलन गर्ने तार्गेटको वार्षिक लक्ष्यलाई आवधिक हिसाबले बाँडफाँड गर्दा प्रथम चौमासिक लक्ष्यको तुलनामा १ सय १४ प्रतिशत राजस्व संकलन गर्न सकेको भन्सार कार्यालयका प्रमुखले जानकारी दिएको बताउनु भएको छ ।
आन्तरिक राजस्व कार्यालयले ९ अरब ६० करोडको वार्षिक लक्ष्य छ वार्षिक लक्ष्यलाई आधारमानी हेर्दा करिब १ सय १४ प्रतिशत राजस्व संकलन गरेको जानकारी दिनुभएको छ । लक्ष्यको तुलनामा शत प्रतिशत भन्दा केही बढी संकलन गरेकोमा खुसी ब्यक्त गर्नु भएको छ ।
भैरहवा भन्सार कार्यालय अवलोकनका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रको हितमा सदैव काम गर्नका लागि कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्