तपाईँ सुन्दै हुनुहुन्छः

नियन्त्रणमा लिइएको हरिणलाई प्रहरीले बन कार्यालयलाई बुझायो 

सुनसरी ।  मोरङको रंगेली नगरपालिकामा स्थानीयले नियन्त्रणमा लिएको जङ्गली हरिणलाई प्रहरीले वन कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली नगरपालिका वडा नम्बर ३ मा पोखरी छेउमा आएको भाले हरिण स्थानीयवासीले आज नियन्त्रणमा लिएका थिए ।

स्थानीयले हरिण नियन्त्रणमा लिएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय  रंगेलीबाट त्यहाँ पुगेको प्रहरी टोलीले उक्त हरिणलाई आमतोलास्थित सब डिभिजन वन कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button