लैगिंक हिंसा न्यूनीकरणमा जोड
सुनसरी । सुनसरी दुहवी नगरपालिकामा बुधबारबाट सुरु भएको लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटनका सरोकारवालाहरुले लैगिंक हिंसा न्युनीकरणमा जोड दिएका छन् ।
विश्वभर नै २५ नोभेम्बरदेखि सुरु भई १० डिसेम्बरसम्म जारी रहने अभियानको उद्घाटनमा दुहवीका सरोबारवालाहरुले सभ्य समाज निर्माणका लागि लैगिक तथा महिला हिंसा अन्त्य हुन जरुरी रहेकोमा जोड दिएका छन् ।
दुहवी नगरपालिकामा सम्पन्न भएको लैगिंक हिंसा विरुद्धको अभियानको उद्घाटन सत्रमा प्रमुख वेदनारायण गच्छदारले देशमा एकपछि अर्को लैगिंक तथा महिला हिंसाको घटना बढेकोमा चिन्ता व्यक्त गर्दै लैगिंक हिंसा न्युनिकरणका लागि शिक्षा र सचेतना कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले हिँसाका घटना सहेर बस्दा महिला हिँसा बढेकाले न्यायका लागि जागरुकता आवश्यक भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्