तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

file photo

पाल्पा । बुधवार पाल्पामा थप २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

तानसेन नगरपालिका तथा अस्पतालका १८ जना, माथागढी गाउँपालिकाका ३ जना, रामपुर नगरपालिकाका २ जना, पूर्वखोला र तिनाउ गाउँपालिकाका १÷१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जसमा १३ जना पुरुष र १२ जना महिला रहेका छन ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पाल्पामा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ९ पुगेको छ भने १ हजार २ सय ३७ जना निको भएका छन् । पाल्पामा कारोना संक्रमणकै कारण २१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button