तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको बिकट गाउँ अन्नाडिमा पहिलो पटक स्वास्थ्य सेवा

बाजुरा । बाजुराको गौमुल गाँउपालिका वडा न. १ मा रहेको दुर्गम अन्राडि गाँउका बासिन्दा पहिलो पटक स्वास्थ्य सेवा गाँउमै पाएपछि खुशी भएका छन् ।

गौमुल गाँउपालिकाले अन्राडि गाँउमा अन्राडी सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरी स्वास्थ्य सेवा दिएको गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताउनु भयो । बाजुराकै दुर्गम गाँउका रुपमा रहेको यो गाँउका बासिन्दा स्वास्थ्य सेवा लिनका लागि एक दिन लगाएर दहकोट स्वास्थ्य चौकि आउने गरेका थिए ।

पहिलो पटक गाँउमै स्वास्थ्य केन्द्र स्थापना भएर स्वास्थ्य सेवा पाएको अन्राडि गाँउकि स्वास्थ्य स्वयसेविका कमला धामीले वताउनु भएको छ । बिगतमा अन्राडि गाँउ खोप सेवा समेत बाट बञ्चित रहदै आएको थियो ।

अहिले स्वास्थ्य चौकि बाट आधारभुत्त स्वास्थ्य सेवा पाउने गरेको अन्राडि स्वास्थ्य केन्द्रमा कार्यरत अनमि प्रतिभा रोकायाले रेडियो नेपाललाइ बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button