थप १९४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर आज थप एक हजार नौ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप एक हजार नौ सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २६ हजार २६ पुगेको छ ।
त्यस्तै देशभरका संस्थागत तथा होम आइसोलेसनबाट आज तीन हजार एक सय ४० जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई लाख सात हजार नौ सय ९८ जना रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा थप २८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार तीन सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्