सुदूरपश्चिम प्रदेश सरकारद्वारा लक्ष्यभन्दा बढी राजश्व संकलन

भानुभक्त आचार्य
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारकारले चालु आर्थिक बर्ष २०७७/०७८ को पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षमा ७६ करोड ७० लाख ३० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा पहिलो चौमासिकमै ४५.९३ प्रतिशत अर्थात् ३१ करोड ९ लाख ६६ हजार राजश्व सङ्कलन गरेको छ ।
प्रथम चौमासिक सम्मको बजेट खर्च र राजश्व सङ्कलनको अवस्था सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले यस वर्ष गत वर्ष भन्दा ६४.४५ प्रतिशतले बढी राजश्व सङ्कलन गरेको बताउनुभयो ।
गत आर्थिक वर्षमा प्रदेश सरकारले पहिलो चौमासिकमा ३२.१२ प्रतिशत मात्रै राजश्व सङ्कलन गरेको थियो ।
बजेट खर्च पनि बढ्यो
सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष खर्च वृद्धि गरेको छ ।
प्रदेश सरकारले पहिलो चौमासिकमा ६.२९ प्रतिशत अर्थात् २ अर्व ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ ।
गत वर्ष पहिलो चौमासिकमा कुल बजेटको ४.५३ प्रतिशत मात्रै खर्च भएको थियो ।
यस वर्ष गत बर्षभन्दा १.७६ प्रतिशतले खर्च वृद्धि भएको मन्त्री बोहराले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलन मार्फत आर्थिक मामिला तथा योजना मन्त्री बोहराले यस वर्ष ९० प्रतिशत बढी बजेट खर्च गर्ने दाबी गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्