जिल्लाका १ सय ३६ वटा उद्योगहरु खारेजीमा
सप्तरी। सप्तरीको घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका १ सय ३६ वटा उद्योगहरु खारेजीमा परेको जनाएको छ ।मंगलबार कार्यालयद्वारा आयोजित छैठौं उद्योग दिवसको अवसर पारेर उद्योगहरु खारेजीमा परेको उल्लेख गरेको हो ।
जिल्लामा हाल सम्म ९ हजार १ सय २७ उद्योगहरु दर्ता रहेका छन जस मध्ये ७० उद्योगतर्फ र ६६ बाणिज्यतर्फ गरि कुल १ सय ३६ उद्योगहरु २०७६/७७ को वार्षिक प्रतिवेदनमा पूर्णरुपमा खारेजी गरेको उल्लेख छ ।
कार्यक्रममा घरेलु तथा साना उद्योगका अधिकृत सन्तोषकुमार साहले मापदण्ड पूरा नगरेको, बीचमै उद्योग बन्द भएको, बैदेशिक रोजगारीमा हिडेको, उद्योग दर्ता गरि लामो समयमसम्म संचालनमा नल्याएको तथा समयमै नवीकरण नगराएका कारण उद्योगहरु खारेजीमा परेका जानकारी दिनुभयो ।
९ हजार १ सय २७ उद्योग दर्ता भएको र यस आ.व.मा महिलाद्वारा संचालित १ सय ५ र पुरुषद्वारा संचालित २ सय ९० गरि कुल ३ सय ९५ उद्योग दर्ता भएको जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्