पूर्व कप्तान खड्का आइसीसीको प्लेयर अफ द डिकेडको मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को पुरुष एसोसियट प्लेयर अफ द डिकेडको मनोनयनमा परेका छन् ।
आइसीसीले दशकभर उत्कृष्ट प्रदर्शन गर्नेलाई विभिन्न शीर्षकमा सम्मानित गर्न लागेको हो । स्पिरिट अफ क्रिकेट, आइसीसी एसोसियट क्रिकेटर, आइसीसी महिला एसोसियट क्रिकेटर, महिला क्रिकेटर, पुरुष क्रिकेटर, ओडिआई पुरुष र महिला क्रिकेटर, टेष्ट क्रिकेटर, लगायत विधाको मनोनयन सार्वजनिक गरेको छ ।
आइसीसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई सम्मानित गर्न लागेको हो । आइसीसीले अवार्ड मिति भने तोकेको छैन ।
पारससँगै स्कटल्यान्डका काइल कोट्जर, कलुम म्याकलेओड, रिची बेरिंगटन, पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयन सूचीमा छन् ।
पारस नेपाललाई डिभिजन पाँचदेखि ओडिआई मान्यता सम्म पुर्याउने कप्तान हुन् । त्यस्तै पारसको कप्तानीमा नेपालले पहिलो पटक टि—२० विश्वकप २०१४ मा खेलेको थियो ।
आइसीसीले पुरुष प्लेयर अफद दशकमा भारतीय स्पिनर रविचन्द्रन आश्विन, कप्तान विराट कोहली, इंग्ल्यान्डका जो रुट, दक्षिण अफ्रिकाका एबी डिभिलियर्स, श्रीलंकाका कुमार संगाकारा, अष्ट्रेलियाका स्टिभ स्मिथ र न्युजिल्यान्डका केन विलियम्सनको नाम मनोनित सूचीमा परेका छन् ।








प्रतिक्रिया राख्नुहोस्