प्रहरी निरीक्षकको कोरोना संक्रमणबाट मृत्यु
सुनसरी । कोरोना संक्रमणकबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।
मोरङमा कार्यरत ३३ वर्षीय प्रहरी निरीक्षक नवीन बुढाथोकीको विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
विराट अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवका अनुसार भेन्टिलेटरमा उपचाररत इन्सपेक्टर बुढाथोकीको सोमबार राति ११ः२२ बजे मृत्यु भएको कोरोना संक्रमित बुढाथोकीको पछिल्लो समय फोक्सोले काम नै गर्न छाडिसकेको उनले बताए ।
तेह्रथुमको म्याङ्लुङ् घर भएका उनी मोरङको बूढीगंगास्थित टंकीसिनवारीमा रहेको सशस्त्र प्रहरी वल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनीमा कार्यरत थिए ।







प्रतिक्रिया राख्नुहोस्