तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनरुप नगरपालिकाले ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गर्दै

 सप्तरी । पछिल्लो समयमा च्याउखेतीबाट मनग्य आम्दानी हुने भएपछि यसतर्फ सप्तरीको कञ्चनरुप नगरपालिकाका कृषकहरुको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।

यस्तैमा सप्तरीको कञ्चनरुप नगरपालिकाले नगर भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा च्याउको वीउ वितरण गरिरहेको छ ।

कृषि विकास शाखाले च्याउ खेती गर्न इच्छुक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा प्रत्यक्ष रुपमा च्याउको वीउ वितरण गरिएको हो ।

नगरपालिका भित्र रहेका १२ वटै वडाका स्थानिय कृषक, कृषि फर्म तथा समुहलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गरिरहेको र कञ्चनरुप नगरपालिका कृषि विकास शाखाले किसानहरुको समस्यालाई सहजरुपमा हल गर्नुका साथै बेलाबेलामा किसानहरुले लगाएको खेतीहरुमा गई सल्लाह सुझाव समेत दिनेगरेको कृषि विकास शाखाका वेचन सढोक यादवले बताउनु भयो ।

निर्वाहमुखी कृषि खेति गर्दै आइरहेका कृषकहरुलाई व्यवसायिक कृषक बनाउनको लागि अनुदानमा च्याउको बीउ वितरण गर्न लागिएको कञ्चनरुप नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले बताउँनु भयो । उहाँका अनुसार च्याउ खेती नै गर्ने हो भने पनि लक्षित परिवारले छोटो समयमै कम लगानीमा बढी आम्दानी गर्न सक्छन् ।

च्याउखेती गरिरहेका कृषकहरुलाई बीउ वितरणमा विशेष प्राथमिकता दिइरहेको र उन्नत प्रविधिको प्रयोग गरी च्याउखेती गर्नका लागि नगरपालिकाले कृषकलाई निकट भविष्यमा च्याउखेती बारे तालिम सन्चालन गर्ने तयारीमा रहेको अधिकृत खडकाले जानकारी दिनुभयो ।

यस्तै कृषि पेशा अंगाल्दै आएका कञ्चनरुप १२ रुपनगरका कृषक पुष्प कार्कीले एक सिजनमा करिव ५० हजार रुपैया लगानी गरेकोमा त्यसबाट १ लाख सम्मको आम्दानी भएको बताउँनुभयो । आफूले लगानी गरेर फर्म सञ्चालन गर्नाले अरुलाई समेत जोजगारी मिलेको र समाजलाई समेत फाइदा भएको कार्कीले बताउँनुभयो ।

अन्य तरकारी खेतीको तुलनामा च्याउ खेती कम लगानीमा बढी उत्पादन हुने गरेको उनको अनुभव छ ।

यस अघि पनि कञ्चनरुप नगरपालिकाले मौसमी तथा वेमौसमी तरकारी फलफूल, धान मकै लगायत अन्य प्रकारका विउ विजनहरु वितरण गर्दे आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button