तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा उपचाररत प्यूठानका कोरोना संक्रमित पुरुषको मृत्यु

नेपालगञ्ज। बाँकेमा उपचाररत प्यूठानका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका ६ प्यूठानका ७८ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आज विहान ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्यमा समस्या आए पश्चात् नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका उनको कोभिडको आशंकामा त्यसै दिन स्वाब संकलन गरिएको थियो । भोलिपल्ट कोरोना पुष्टि भएका उनलाई भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button