बाँकेमा ५३ जनाद्धारा प्लाज्मा दान
बाँके । प्लाज्मा बिधिबाट उपचार सफल हुदै गएपछि बाँकेमा प्लाजमा दान गर्नेहरुको सँख्या बढदै गएको छ । आज थप एक जनाले प्लाजमा दान गरेका छन ।
नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अमित बस्नेतले कोरोनाका गम्भीर बिरामीको उपचारका लागि सोमबार रगत (प्लाज्मा) दान गर्नुभएको छ । बस्नेत लगायत बाँकेमा हालसम्म ५३ जना कोरोना मुक्त भएका व्यक्तिहरुले रगत (प्लाज्मा) दान गरिसक्नु भएको छ ।
गत असोज १५ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित भएपछि उनी २५ दिनसम्म होम आइसोलेसनमा बसेका थिए । तत्पश्चात् कोरोना जाँच गराउँदा नेगेटिभ रिपोर्ट आएपछि गत कात्तिक १३ गते २८ औं दिनमा उनि डिस्चार्ज हुनुभएको थियो ।
आफू कोरोना संक्रमित भएर निको भइ अरु कोरोनाका संक्रमित बिरामीलाई उपचारका लागि रगत (प्लाज्मा) दान गर्न पाउँदा खुशी भएको बताउनुभयो । बस्नेतले कोरोना संक्रमित भएर निको भएको २८ औं दिन बिताइसकेका सबै जनालाई प्लाज्मा दान गर्न पनि आग्रह गर्नुभएको छ ।
प्लाज्मा विधिबाट उपचार पाएका ६३ प्रतिशत कोरोनाका गम्भीर बिरामीहरु निको भएको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्