आफ्नै ट्याक्टर पल्टिदा एकजनाको मृत्यु
वीरगञ्ज । पर्साको धोबिनि गाउँपालिका वडा न ४ बखरिमा आज विहान ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ ।
प्रदेश न २ ००३ ना १ त १८३४ न को ट्याक्टरमा बसेर खेततर्फ जाने क्रममा ट्याक्टर धनी स्थानीय ५० वर्षीय जमुना साह आफ्नै ट्याक्टर पल्टिएर च्यापिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक फरार भएको र साहको शव नारायणी अस्पतालमा ल्याई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्