राजघाटमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला
सर्लाही । सर्लाहीको वागमती नगरपालिका वडा नं. ७ राजघाटमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ ।
स्थानीयले सोमबार बिहान नजिकै रहेको जंगलमा घाँस काट्दै गर्दा ७ फिट लम्बाइ र १० किलो ग्राम तौल भएको अजिङ्गर फेला परेका थिए । अजिङ्गर फेला परेपछि स्थानीयले संरक्षणका लागि सब–डिभिजन वन कार्यालय मुर्तियामा खबर गरेका थिए ।
स्थानीयले फेला पारेको अजिङ्गरलाई सुरक्षित तरिकाले नियन्त्रणमा लिएर हरिपुर नगरपालिका वडा नं. १ मा रहेको विहानी सामुदायिक वन क्षेत्रको जंगलमा छोडिएको सहायक जिल्ला वन अधिकृत चन्द्रप्रकाश यादवले जानकारी दिनुभयो ।
यसअघि पनि सर्लाहीको ढुंग्रेखोलामा भेटिएको अजिङ्गरलाई वनका कर्माचारीले मल्हनिया सामुदायिक वन क्षेत्रमा ल्याएर छोडेका थिए ।








प्रतिक्रिया राख्नुहोस्