तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा बारा र रौतहटका थप १७ जनामा कोरोना संक्रमण पुष्टि

वीरगंज । वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएकोे पिसिआर परीक्षणको क्रममा पर्सा बारा र रौतहटका गरी थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सा र बाराको विभिन्न स्थानबाट संकलन गरि ल्याइएको ९६ जनाको स्वाब परीक्षण गर्दा २ सैनिक जवान सहित पर्साका १२, बाराका ४ र रौतहटको इसनाथ नगरपालिका वडा नम्बर ३ का १ जना गरी थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

पर्सामा संक्रमण पुष्टि हुनेहरुमा धेरै वीरगंजकै रहेका छन् । संक्रमण पुष्टि हुनेहरुमा वीरगंज आर्मी व्यारेकका २ जना सैनिक जवान रहेका छन् भने बीरगंज महानगरपालिका वडा नम्बर १० का ३ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. चौरसियाले बताउनु भयो ।

यस्तै वीरगंज महानगरपालिका वडा नम्बर ३ का २ जना, वडा नम्बर ५, ६, र ८ का १/१ जनामा संक्रमण देखिएको छ भने वडा नम्बर नखुलेका वीरगंज कै एक महिलामा पनि संक्रमण देखिएको डा. चौरसियाले जानकारी दिनुभयो । यस्तै पर्साको ग्रामिण क्षेत्र बहुदरमाई नगरपालिका वडा नम्बर ९ का एक जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी बाराको कलैया उपमहानगरपालिकाका २ जनासँगै निजगढ र कोल्हवी नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको डा. चौरसियाले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएकाहरुमा ६ जना महिला रहेका छन् ।

संक्रमण पुष्टि भएकाहरु १५ वर्ष देखि ७० वर्ष उमेर समुहका रहेका छन् भने उनीहरुको सिटि भ्यालु १९ देखि ३४ सम्म रहेको डाक्टर चौरसियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button