मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु
मंसीर । बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी जवानको मृत्यु भएको छ ।
महागढीमाई नगरपालिका वडा नं.८ जोलगाभास्थित थलही पुल नजिकै लङ्गडा चोकबाट बरियारपुरतर्फ जाँदै गरेको ना.६२.प.३६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा पर्साको खेस्राहा प्रहरी चौकीमा कार्यरत बाराको कलैया उपमहानगरपालिका वडा नं.१ बस्ने २७ वर्षीय राजकिशोर साह हुनुहुन्छ ।
घटनास्थलबाट प्रहरीले मोटरसाईकल पछाडी बस्ने सञ्जय प्रसाद यादवलाई घाइते अवस्थामा उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुुभयो ।








प्रतिक्रिया राख्नुहोस्