कोरोना संक्रमणबाट एक जनस्वास्थ्य अधिकृतको मृत्यु

सप्तरी । कोरोना संक्रमित सप्तरीका एक जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ निवासी एकजना जनस्वास्थ्य अधिकृतको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कोरोना संक्रमित मृतक जनस्वास्थ्य अधिकृत ५० वर्षीय गौरीशंकर देव सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखमा कार्यरत हुनुहुन्थ्यो । उपचारकै क्रममा उहाँको कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनिया लाल यादवले भन्नुभयो, रिपोर्ट नेगेटिभ आए पनि रिकभर भएन, त्यसैले उहाँको कोरोनाकै कारण मृत्यु भएको हो । अस्पतालले पनि क्लिनिकल्ली कोरोना डेथ भनिएको उहाँले जानकारी गराउनुभयो
स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख यादवले दुई साताअघि जनस्वास्थ्य अधिकृत देवको कोरोना पोजेटिभ देखिएको जानकारी दिदै उहाँले त्यसपछि नोबेलमा उपचार गराइरहेको थियो । सोही क्रममा उहाँको शनिबार राति करिब ११ बजे मृत्यु भएको उहाँले बताउनुभयो ।
मृतकको शव गृहनगरमा ल्याएर कोशी ब्यारेजनजिकै संस्कारको तयारीमा रहेको निमित प्रमुख यादवले जानकारी दिनुभयो । यससँगै जिल्लामा सात महिलासहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याको ३६ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्