सिमरा–काठमाडौँ हवाई भाडा दर घट्यो
बारा । सिमरा–काठमाडौँ हवाई भाडा दर घटेपछि सर्वसाधारणमा हवाई जहाज प्रतिको आकर्षण बढेको छ ।
एउटै कम्पनीको हवाई उडान भरिरहेको सिमरा विमानस्थलमा विभिन्न हवाई कम्पनीहरूले सेवा दिन थालेपछि भाडा दर घटेको हो ।
पहिला बुद्ध एयरलाइन्सले मात्र सेवा दिँदै आएको थियो भने अहिले श्री र यति एयरलाइन्स थपिएका छन् ।
सिमरा विमानस्थलले दैनिक पाँच सयदेखि सात सय यात्रु भर्दै आएको छ ।
एयरलाइन्सबिचको प्रतिस्पर्धाले हवाई भाडा दर घटेको जनाइएको छ । भाडा दर घटेपछि सर्बसधारणहरु स्थल मार्ग छोडी हवाई मार्गमा यात्रा गर्न रुचाएका छन् ।
चाडपर्वभन्दा पहिला सिमरादेखि काठमाडौँको हवाई भाडा दर दुई हजार थियो भने अहिले १५ सय रुपैयाँमा झरेको छ ।
चाड पर्वभन्दा पहिला भाडा दुई हजार रुपैयाँ थियो भने त्यसभन्दा पहिले तीन हजार दुई सय ५० रुपैयाँ भाडा कायम रहेको थियो ।
हालमा बुद्ध एयरले पाँच ,यति एयरलाइन्सले चार र श्री एयरलाइन्सले दैनिक उडान भर्दै आएका छन् ।
यता होटल तथा पर्यटन व्यवसायी सङ्घ बाराका अध्यक्ष मोहन सर्मा लामिछानेले हवाई मार्गको भाडा घट्नुले पर्यटनको क्षेत्रको विकासमा महतवपुुर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले १५ । २० वर्षदेखि वा कहिल्यै पनि हवाईजहाजको यात्रा गर्न नपाएकाहरूलाई यात्रा गर्ने सु–अवसर सिर्जना गर्ने बताउनुभयो ।
सिमराबाट पोखराको उडान सञ्चालन गर्न सके भारतीय पर्यटकलाई नेपाल भित्र्याउन सहज बातारण सिर्जना हुने धारणा व्यक्त गर्नुभयो ।
विमानहरू निरन्तर भएसँगै बिरगंज पथलैया औद्योगिक करिडोरका उद्योगी, व्यवसायी तथा सर्बसधारणहरुलाई सहज भएको छ ।उनीहरू बिहान काठमाडौँ गएर बेलुका काम सकाएर फर्किने गरेका छन् ।






प्रतिक्रिया राख्नुहोस्