बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ का ७७ वर्षीय पुरुषको आज बिहान पौने ४ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
यसअघि गए राति पनि दाङका दुई जना कोरोना संक्रमित पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि गएका ४७ जनाको कोरोना सङ्क्रमणपछि मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्