तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट

उदयपुर।   उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा गएराति  बम विस्फोट भएको छ । गाउँपालिकाको वडा नम्बर ५ रुपाटारमा रहेको पालिकाको कार्यालयमा  बम विस्फोट भएको हो ।
बम गाउँपालिकामा रहेको नागरिक सहायक कक्षमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहालले बताउनुभयो  ।
सपी दाहालका अनुसार कार्यालयमा एउटा बेवारिसे बम समेत फेला परेको छ । नागरिक सहायता कक्षमा विस्फोट भएको बमले गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतको कार्यकक्षमा क्षति पुगेको छ । बम विस्फोटको कारण कार्यकक्षको झ्याल ढोका, कार्यालयमा रहेको कम्प्युटर, प्रिन्टर, टेबल कुर्सी, दराज, सोफा लगायतका सामानहरूमा पूर्ण रूपले क्षति पुगेको छ ।
बम विस्फोटको जिम्मा कसैले नलिएको कारण अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसबारे गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बम किन र कसले गराएको भन्ने बारे आफु अनभिज्ञ रहेको कताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button